दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सुधार आएको छ । साताको दिन लगातार ओरालो लागेको नेप्से आज भने १३.३७ अकंले बढेको हो ।
मंगलबार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज सुधार आए पनि कारोबार भने १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँमा सिमित भएको छ ।
आज नेप्से सुधार आई कारोबार १ अर्ब ३२ करोठ रुपैयाँमा खुम्चिदा २ कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज नेष्डो समृद्धि लघुवित्त र ग्रीन भेन्चर्सको शेयरमा सर्किट लागेको हो । त्यस्तै मेगा म्युचुअल फण्डको ५.४२ प्रतिशत, शिव श्री हाइड्रोपावरको ४.२९ प्रतिशत र हिमालय उर्जा विकासको ३.८९ प्रतिशतले बढेको हो ।
मंगलबार नेप्से सुधार आउदा समेत कारोबार भने खुम्चिदा दिब्यशोरी हाइड्रोपावरले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर ८.८२ प्रतिशतले घटेको हो । त्यस्तै, कालिका लघुवित्तको ३.६४ प्रतिशत, प्रुडेन्सियल न्टल इन्स्योरेन्सको २.९९ प्रतिशत, एनआईसी एशिया ब्यालेचर फण्डको २.४१ प्रतिशत र स्वालम्बन लघुवित्तको २.३८ प्रतिशतले घटेको हो ।