सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दती खाता « Arthapath.com
४ असार २०८२, बुधबार

सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दती खाता



काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले ब्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम ५ लाख रुपैयाँको मुद्दती खोल्न सक्नेछन् ।

ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरु स्वयले ब्यहोर्नु पर्ने बैंकले जनाएको छ ।

ब्यवहारिक कार्यका लागि आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले २ लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरु समेत खोल्न सक्नेछन् ।

हाल बैंकले देशभरका १२६ शाखा कार्यालय र ११५ वटा एटिएम मार्फत निरन्तर बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्