सिटिजन्स बैंकमा अब नागरिक एप मार्फत खाता खोल्न सकिने « Arthapath.com
४ असार २०८२, बुधबार

सिटिजन्स बैंकमा अब नागरिक एप मार्फत खाता खोल्न सकिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलमा अब नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा यो सुविधा थपेको हो ।

नागरिक एपमार्फत खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ । त्यसपछि स्क्रिनमा देखिएको क्यू.आर कोडलाई नागरिक एप बाट स्क्यान गरि सो प्रक्रिया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरू आफै अनलाइन फर्ममा भरिनेछन् । उक्त फर्ममा भर्नु पर्ने बाँकी विवरण भरी ग्राहकहरुले सजिलै अनलाइन खाता खोल्न सक्नेछन् ।

वैशाख ७ गते बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदैछ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै यो सेवाको सुभारम्भ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्