नेप्से ३६.७३ घट्दा कारोबार १ अर्ब ४५ करोडमा सिमित, सबै सूचक राताम्य

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा राताम्य भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.७३ अकंले घटेर २३२०.५१ अंकमा बन्द भएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ अंकमा बन्द भएको थियो ।
नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँको कारोबार भएको छ । मंगलबार दिनभरिमा २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर २७ हजार ८४१ पटक किनबेच हुँदा १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार बैकिङ समूहको ०.७२ प्रतिशत, ब्यापार समूहको ०.७ प्रतिशत, होटल तथा पर्यटनको २.२५ प्रतिशत, विकास बैंक समूहको २.६१ प्रतिशत, हाइड्रोपावर समूहको २.१२ प्रतिशत, फाइनान्स समूहको ३.८३ प्रतिशत, निर्जीवन बीमा समूहको १.५८ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.४८ प्रतिशत, अन्य समूहको ३.०५ प्रतिशत, माइक्रोफाइनान्सको १.५३ प्रतिशत, लाइफ इन्स्योरेन्स समूहको १.९३ प्रतिशत, म्युचुअल फण्ड समूहका् ०.५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.५१ प्रतिशतले घटेको हो ।