नेप्से झिनो अकंले वृद्धि, कारोबार भने १ अर्ब ६२ करोडमा सिमित

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ४.९४ अकंले बढेर २३२५.४५ अकंमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.७३ अकंले घटेर २३२०.५१ अंकमा बन्द भएको थियो ।
पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँको कारोबार भएको छ । बुधबार भने नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँको कारोबार भएको थियो ।
बिहिबार ८ कम्पनीको शेयर मूल्य बढेको छ । आज होटल तथा प्रर्यटन समूह १.०४ प्रतिशत, विकास बैंक समूह ०.८९ प्रतिशत, हाइड्रोपावर समूह ०.४१ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह ०.२५ प्रतिशत, अन्य समूह २.०५ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१४ प्रतिशत, जीवन बीमा समूह ०.५९ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.४४ प्रतिशतले शेयर मूल्य बढेको हो । त्यस्तै बैंकिङ समूह ०.२९ प्रतिशत, ब्यापार समूह ०.८५ प्रतिशत, फाइनान्स समूह ०.७२ प्रतिशत, निर्जीवन बीमा समूह ०.८ प्रतिशत र म्युचुअल समूह ०.३ प्रतिशतले घटेको हो ।