दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ४.९४ अकंले बढेर २३२५.४५ अकंमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर किनबेच भएको छ ।

आज नेप्से झिनो अकंले वृद्धि १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँको कारोबार भएको छ । बिहिबार नेप्सेमा सामान्य सुधार आउदा २ कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज ग्रिन भ्याली र जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, समीट लघुवित्तको ७.५९ प्रतिशत, गणपति लघुवित्तको ६.४८ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ६.०६ प्रतिशत, यूनियन लाइफ इन्स्योरेन्सको ४.०३ प्रतिशत र न्यादी हाइड्रोपावरको ४ प्रतिशतले बढेको हो ।

त्यस्तै आज सर्वाधिक गुमाउने कम्पनीमा घलेम्दी हाइड्रो रहेको छ । कम्पनीको शेयर आज ६.३० प्रतिशतले घटेको हो । त्यस्तै, राष्ट्रिय बीमा संस्थानको ४.२१ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सको ३.६९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ३.५४ प्रतिशत र जनरल इन्स्योरेन्सको ३.३३ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्