नेष्डो समृद्ध लघुवित्त सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । नेप्से परिसूचक आज सामान्य सुधार आएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ४.९४ अकंले बढेर २३२५.४५ अकंमा बन्द भएको छ ।
आज नेप्से झिनो अकंले वृद्धि १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा सुधार आए पनि कारोबार समेत खुम्चिएको हो ।
कारोबार १ अर्ब ६२ करोड रुपैयाँमा सिमित हुदाँ नेष्डो समृद्ध लघुवित्तका आज सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १० करोड ३६ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।
यस्तै, नबिल बैंकको ५ करोड ९ लाख ३७ हजार रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ४ करोड ७० लाख ६९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ४ करोड २० लाख ६४ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ३ करोड ६२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।
















