उपकार लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्टार नियुक्त गरेको छ । संस्थाले शेयर रजिष्टार सम्बन्धी कार्य गर्नेको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।
शेयर रजिष्ट्रार नियुक्त पश्चात अब नेपाल एसबिआई मर्चेण्टले शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डिम्याटट लगायतका शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नेछ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य मिति २०७९ साल बैशाख ९ गते देखि नेपाल एसबिआई मर्चेण्ट बैंकिङले गर्दै आइरहेको छ ।