बाराही हाइड्रोपावरले दियो आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन « Arthapath.com
११ बैशाख २०७९, आईतवार

बाराही हाइड्रोपावरले दियो आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन



काठमाडौं । आईपीओ निष्काशनका तथा बिक्री गर्नका लागि एक कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले ७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि बोर्डमा चैत १७ गते निवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ लाख कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।

कम्पनीका आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्