एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि सोमवार बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले ६ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य ५४४ दशमलव ३४ रुपैयाँ तोकेको छ । नेप्सेले आइतवारको अन्तिम शेयरमूल्य प्रतिकित्ता ५७७ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद गरी कूल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले २७ औं वार्षिक साधारण सभा बैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा दिउसो २ बजे बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्