समिट लघुवित्तको नाफा १७.२० % र ब्याज आम्दानी ४१.६० % बढ्यो, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

समिट लघुवित्तको नाफा १७.२० % र ब्याज आम्दानी ४१.६० % बढ्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १७.२० प्रतिशत बढेर ११ करोड ७४ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १० करोड १ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ४१.६० प्रतिशत बढेर २६ करोड ३२ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १८ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा १७.१९ प्रतितश बढेर १८ करोड ६३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.२९ प्रतिशत बढेर ४९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष ११.३१ प्रतिशत बढेर २२ करोड ५३ लाख ६० हजार रुपैयाँ, सापटि रकम ३९.५९ प्रतिशत बढेर २ अर्ब ६५ करोड ८९ लाख ६४ हजार रुपैयाँ, निक्षेप संकलन १७.०३ प्रतिशत बढेर १ अर्ब ३२ करोड ७७ लाख ७८ हजार रुपैयाँ र कर्जा ३९.२१ प्रतिशत बढेर ५ अर्ब ८३ करोड २६ लाख २ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ १९ पैसा घटेर ३१ रुपैयाँ ६९ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६२ पैसा रहेको छ भने ३५.५९ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्