सिद्धार्थ बैंक सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । मंगलबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.०२ प्रतिशतले घटेर २३७०.९९ अकंमा बन्दा भएको छ । पूँजी बजारमा आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच भएको हो ।
नेप्से ओरालो लाग्दा कारोबार १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँमा सिमित भएको छ । आज कारोबार खुम्चिदा सिद्धार्थ बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको शेयर आज ४ करोड २१ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अपी पावरको ४ करोड ६ लाख ६२ हजार, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ५ लाख ५५ हजार, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको २ करोड ९२ लाख ५९ हजार, हिमालयन डिस्टलरीको २ करोड ८५ लाख ५३ हजार र एनआईसि एशिया बैंकको २ करोड ७९ लाख ३ हजा रुपैयाँको कारोबार भएको हो ।















