विजय लघुवित्तको नाफा ९.५१ करोड रुपैयाँ, ईपीएस कति छ ? « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

विजय लघुवित्तको नाफा ९.५१ करोड रुपैयाँ, ईपीएस कति छ ?



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०.९५ प्रतिशत घटेर ९ करोड ५१ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १० करोड ६८ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २.८९ प्रतिशत बढेर २६ करोड ५६ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २५ करोड ८२ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ११.६१ प्रतिशत घटेर १२ करोड ४२ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २०.०३ प्रतिशत बढेर ३२ करोड रुपैयाँ, जगेडा कोष ३४.९३ प्रतिशत बढेर २१ करोड ९० लाख ९५ हजार रुपैयाँ, सापटि रकम ४.७६ प्रतिशत बढेर ३ अर्ब २५ करोड ६१ लाख ७९ हजार रुपैयाँ, निक्षेप १४.८६ प्रतिशत बढेर १ अर्ब ८ करोड ८२ लाख १३ हजार रुपैयाँ र कर्जा ९.४२ प्रतिशत बढेर ४ अर्ब ७० करोड २२ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी १३.७९ रुपैयाँ घटेर ३९ रुपैयाँ ६४ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६८.४७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २८.२० गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ४.७४ प्रतिशत, कस्ट अफ फण्ड ९.९१ प्रतिशत र तरलता अनुपात ७.०७ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्