जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । बिहिबार नेप्से २० अकंले घटेर २३५६.१७ अकंमा बन्द भएको छ । बुधबार स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.१७ अकंले बढेर २३७६.१७ अकंमा बन्द भएको थियोे ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँमा सिमित भएको हो ।

बिहिबार नेप्से घटेर कारोबार पनि खुम्चिदा जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको छ । साथै, राधी विद्युतको ४.१७ प्रतिशत, माउन्टेन इर्नजी नेपालको ३.२९ प्रतिशत, नबिल ब्यालेन्चड फण्ड ३ को ३.२५ प्रतिशत, मानुषि लघुवित्तको २.८८ प्रतिशत र ग्लोबल आइएमई समुन्नती योजना १ को २.१६ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स रहेको छ । कम्पनीको शेयर आज ३.९८ प्रतिशतले घटेको हो । साथै, गणपति लघुवित्तको ३.८३ प्रतिशत, माहुलि लघुवित्तको ३.७३ प्रतिशत, पन्चकन्या पावरको ३.७१ प्रतिशत र किसान लघुवित्तको ३.६७ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्