इन्टरनेट सेवा बाधित हुने सक्ने सम्बन्धमा क्यान महासंघको ध्यानाकर्षण « Arthapath.com
१९ असार २०८२, बिहीबार

इन्टरनेट सेवा बाधित हुने सक्ने सम्बन्धमा क्यान महासंघको ध्यानाकर्षण



काठमाडौं । इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेवार निकायहरुबाट ब्यक्त धारणहरुप्रति क्यान महासंघले ध्यानाकर्षण भएको जनाएको छ । क्यानले एक सूचना प्रकाशित गर्दै यस्तो जनाएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहि सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा बिभिन्न निकायहरुविच बुझाईमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा बाधित हुने सक्ने प्रति क्यान महासंघले चिन्ता ब्यक्त गरेको हो ।

समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपुर्वक यथासिघ्र वार्ता एवं छलफलको निम्ति क्यानले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्