गुराँस लघुवित्तको नाफा १ करोड ५ लाख रुपैयाँ, ईपीएस कति ? « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

गुराँस लघुवित्तको नाफा १ करोड ५ लाख रुपैयाँ, ईपीएस कति ?



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ४७.९३ प्रतिशत घटेर १ करोड ५ लाख १३ हजार रुपैयाँ आहर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको गियो ।

चालु आर्थिक बर्षको ९ महिनमा लघुवित्तको खुद ब्याज आम्दानी १०.१७ प्रतिशत घटेर ४ करोड ८३ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ३७ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ४६.४५ प्रतिशत घटेर १ करोड ६५ लाख २१ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १६.९१ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष १९.१८ प्रतिशत घटेर ३ करोड ९ लाख ५ हजार रुपैयाँ, सापटि रकम २६.५८ प्रतिशत बढेर ८९ करोड ७६ लाख ३० हजार रुपैयाँ, निक्षेप संकलन ३५.४५ प्रतिशत बढेर २७ करोड २४ लाख ४२ हजार रुपैयाँ र कर्जा २६.६९ प्रतिशत बढेर १ अर्ब २८ करोड ६९ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १७.९९ रुपैयाँ घटेर १४ रुपैयाँ ३८ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्