विन लघुवित्तको अधिकांश सूचकमा गिरावट « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

विन लघुवित्तको अधिकांश सूचकमा गिरावट



काठमाडौं । विन लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २१.८१ प्रतिशत घटेर ५३ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६८ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ७.९२ प्रतिशत घटेर ३ करोड २२ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ५० लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ३ करोड १ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १७.७९ प्रतिशत बढेर ७ करोड २४ लाख ४६ हजार रुपैयाँ, जगेडा कोष १ सय प्रतिशत बढेर २ करोड ५० लाख ६५ हजार रुपैयाँ, निक्षेप संकलन ३३.२६ प्रतिशत बढेर १६ करोड ५१ लाख १४ हजार रुपैयाँ, सापटि रकम १८.४० प्रतिशत बढेर ७० करोड ५१ लाख ९६ हजार रुपैयाँ र कर्जा २० प्रतिशत बढेर ८८ करोड ७९ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८८.३० गुणा रहेको छ । लघुवित्तको खराव कर्जा ४.८६ प्रतिशत रहेको छ भने तरलता अनुपात ५४.४२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्