अरुण भ्यालि हाइड्रोपावर सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.७६ अकंले घटेर २२७५.६८ अकंमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्से ४८.७३ अकंले घटेर २३०७.४४ अकंमा बन्द भएको थियो ।
बुधबार नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँको कारोबार भएको छ ।
नेप्से ओरालो लाग्दा कारोबार समेत खुम्एिको छ । कारोबार १ अर्ब २६ करोड रुपैयाँमा सिमित हुदाँ अरुण भ्याली हाइड्रोपावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ४ करोड ५८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टीलरीको ३ करोड ५२ लाख ३३ हजार, नबिल बैंकको ३ अर्ब ४२ लाख ५० हजार, नेपाल दुर सञ्चारको ३ करोड ४० लाख ३४ हजार र निफ्राको २ करोड ९२ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।
