नेप्से १२.२७ अकंले बढ्दा कारोबार १ अर्ब ३९ करोडमा सिमित, ९ उपसूचकमा हरियाली « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से १२.२७ अकंले बढ्दा कारोबार १ अर्ब ३९ करोडमा सिमित, ९ उपसूचकमा हरियाली



काठमाडौं । साताको दोस्रो दिन नेपाल एस्सचेञ्च (नेप्से) १२.२७ अकंले बढेर २२६८.८४ बिन्दुमा बन्द भएको छ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.९५ अकंले बढेर २२५६.५७ अकंमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ रुपैयाँको कारोबार भएको छ । आइतबार नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँको कारोबार भएको छ ।

केही साताका देखि निरन्तर ओरालो लाग्दै आएको नेप्से यो साताको २ दिन भने सुधार आएको छ । नेप्सेमा सुधार आउदा समेत कारोबार भने बढ्न सकेको छैन । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा लगानीकर्ताहरुले जोखिम हुने भएकाले शेयर कारोबार नगरेको विज्ञहरु बताउछन् ।

आज नेप्से बढ्दा ९ उपसूचकमा हरियाली छाएको छ । सोमबार बैंकिङ समूहको ०.९६ प्रतिशत, ब्यापार समूहको १.७४ प्रतिशत, हाइड्रोपावर समूहको ०.५ प्रतिशत, फाइनान्स समूहको ०.१ प्रतिशत, निर्जीवन बीमा समूहको ०.५७ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.५१ प्रतिशत, अन्य समूहको ०.३४ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.३३ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.५५ प्रतिशतले शेयर मूल्य बढेको हो । त्यस्तै, होटल पर्यटन समूहको ०.८६ प्रतिशत, विकास बैंक समूहको ०.५३ प्रतिशत, जीवन बीमा समूहको ०.७ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.०९ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्