नेपाल टेलिकम सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेपाल टेलिकम सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । साताको दोस्रो दिन नेपाल एस्सचेञ्च (नेप्से) १२.२७ अकंले बढेर २२६८.८४ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से बढे पनि कारोबार भने सुधार आउन सकेको छैन । आज नेपाल दुर सञ्चारको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । सोमबार कम्पनीको ७ करोड ८३ लाख ५३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआईसि एशिया बैंकको ५ करोड ४ लाख ८९ हजार, हिमालयन डिस्टलरीको ४ करोड ९५ लाख ८५ हजार, शिवम् सिमेन्टको ३ करोड ८६ लाख ७१ हजार, नबिल बैंकको ३ करोड ६९ लाख ५ हजार र अरुण भ्याली हाइड्रोपावरको ३ करोड४७ लाख ७१ हजारको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्