नेप्सेले बैंशाख २५ गतेको सूचनामा रहेको गल्ती सच्चायो, के थियो गल्ती

काठमाडौं । नेपाल स्टक एक्सचेन्च लिमिटेड (नेप्से)ले बैशाख २५ गते आइतबारमा निकालेको सूचनामा रहेको गल्ली संच्चाएको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै बैशाख आइतबारको सूचना सच्चाएको जनाएको हो ।
उक्त सूचनामा बैशाख १३ गते बसेको मन्त्री परिषद्को बैठकले जेठ १ गते देखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हुनुपर्नेमा बैशाख २५ गतेको बैठक हुन गएको हुदाँ सूचना संच्चाएको हो ।
आइतबार र शनिबार सार्वजनिक बिदा हुने भएसँगै बैशाख २५ गतेको सूचनामा नेप्सेले जेठ १ गतेदेखि लागू हुने गरी सोमबार देखि शुक्रबारसम्म शेयर बजार खोलेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो ।
