नेप्से ४४.१६ अकंले बढ्दा कारोबार १ अर्ब ३५ करोडमा सिमित, १३ वटै उपसूचक हरियाली

काठमाडौं । साताको तेस्रो नेप्सेमा हरियाली छाएको छ । नेपाल एक्सचेञ्च (नेप्से) ४४.१६ अकंले बढेर २३१३ बिन्दुमा बन्द भएको छ । साताको दोस्रो दिन नेपाल एस्सचेञ्च (नेप्से) १२.२७ अकंले बढेर २२६८.८४ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ रुपैयाँको कारोबार भएको थियो ।
केही साता देखि निरन्तर ओरालो लागेको नेप्से आज स्थानिय तहको मौन अवधि सुरु हुने दिन भने नेप्से उच्च अकंले बढेको हो । आज नेप्से बढ्दा कारोबार खुम्चिए पनि १३ वटै उपसूचकमा हरियाली छाएको छ ।
बैंकिङ समूहको १.४६ प्रतिशत, ब्यापार समूहको ०.७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२६ प्रतिशत, विकास बैंक समूहको २.६५ प्रतिशत, हाइड्रोपावर समूहको ३.८ प्रतिशत, फाइनान्स समूहको ३.२७ प्रतिशत, निर्जीवन बीमा समूहको १.२३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.१७ प्रतिशत, अन्य समूहको २.०१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.८७ प्रतिशत, जीवन बीमा समूहको २.०२ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.२९ प्रतिशतले बढेको हो ।