१ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएसँगै ङादी ग्रुपको भयो सर्वाधिक कारोबार « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

१ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएसँगै ङादी ग्रुपको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको तेस्रो नेप्सेमा हरियाली छाएको छ । नेपाल एक्सचेञ्च (नेप्से) ४४.१६ अकंले बढेर २३१३ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँको कारोबार भएको छ ।

नेप्से उच्च अंकले बढ्दा समेत कारोबार पनि आसै सुधार आउन सकेको छैन । आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । पावरले १ करोड कित्ता हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएसँगै सर्वाधिक कारोबार भएको हो । कम्पनीको आज ९ करोड ९८ लाख ३ हजार रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख २३ हजार, नेपाल टेलिकमको ३ करोड ८२ लाख ८९ हजार, बरुण हाइड्रोपावरको ३ करोड ७४ लाख २६ हजार र नबिल बैंकको ३ करोड ६८ लाख ८७ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्