एनएमबि बैंकले शेयर बिक्रीमा, कति कित्ता दिन पाउने आवेदन ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

एनएमबि बैंकले शेयर बिक्रीमा, कति कित्ता दिन पाउने आवेदन ?



काठमाडौं । एनएमबि बैंक संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूहको ५२ हजार ७२२ कित्ता संस्थापक शेयर बुधवारदेखि विक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको सचिवको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ । शेयरको मूल्य भने कम्पनीले खुलाएको छैन ।

साथै कम्पनीले १० हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेकोमा संस्थापक शेयरधनीको आवेदन नपरेकाले बुधवारदेखि नै सर्वसाधारणको लागि विक्रीमा ल्याएको छ । उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालय बबरमहलमा निवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्