बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको चौथो दिन पनि नेप्से उकालो लागेको छ । बुधबार नेप्से ५६.०६ प्रतिशतले बढेर २३६९.०६ प्रतिशतले बढेको छ । साताको तेस्रो नेप्सेमा हरियाली छाएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँको कारोबार भएको छ ।

यो साता शेयर बजारमा सुधार देखिएको छ । केही महिना निरन्तर ओरालो लागेको नेप्से यो साता भने सुधार देखिएको छ । आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १० करोड ५९ लाख ७४ हजार रुपैयाँ खरिदबिक्री भएको हो ।

त्यस्तै, ङादी गु्रप पावरको ८ करोड ७३ लाख ४१ हजार, राधी विद्युतको ७ करोड ६२ लाख ६७ हजार, शिवम् सिमेन्टको ६ करोड ७५ लाख ८८ हजार र नेशनल हाइड्रोपावरको ५ करोड ८० लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्