रियलमी ९ , रियलमी ९ को पछिल्लो थप शृङ्खला नेपालमा चाँडै सार्वजनिक हुँदै

काठमाडौं । रियलमी, संसारको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले नेपालमा रियलमी ९ शृङ्खलाको पछिल्लो थप शृङ्खला नेपालमा चाँडै ल्याउनेछ । रियलमी ९ यो सामसंग ISOCELL HM6 ईमेज सेन्सरको साथ आउने विश्वको पहिलो स्मार्टफोनहरू मध्ये एक हुनेछ जसले कम प्रकाशमा फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्दछ ।
रियलमी ९ स्नापड्रागन ६८० प्रोसेसरको साथ आउनेछ जुन ६एनएम प्रक्रियामा आधारित छ । यो स्मार्टफोन ९० हर्ट्जको सुपर एमोलेड डिस्प्ले सहित १०२४०–स्तरको ब्राइटनेस समायोजनको साथमा उपलब्ध हुनेछ । यसमा रहेको १६एमपि सेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत प्राकृतिक र मुलायम छालाको सेल्फी फोटो लिनको लागि उपयुक्त हुनेछ । यसमा ५००० एमएएचको विशाल ब्याट्री क्षमताका साथ ३३ डब्लु डार्ट चार्ज टेक्नोलोजीद्वारा सुसज्जित हुनेछ ।
यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक र्याम विस्तार प्रविधि डिआरई पनि समावेश गर्दछ जसले पहिले अवस्थित र्याममा ५ जिबिसम्म थप्न सक्छ । यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ। यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड रियल यूआइ ३.० सँग आउनेछ ।
यसमा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन हुनेछ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ ।
रियलमी ९ यस महिनाको अन्त्यमा धेरै रङ विकल्पहरू र आरएएम भेरियन्टहरूमा लन्च हुने अपेक्षा गरिएको छ ।टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ । रियलमी कृत्रिम इन्टरनेटको क्षेत्रमा अधिक अन्वेशषण गर्दै स्मार्टफोनको क्षेत्रमा ट्रेन्डसेटिङ डिजाइन र प्रविधिको प्रयोग गर्न प्रतिवद्ध रहेको छ ।
२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरु सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार ः भारतीय बजारमा ५जिबि ५जि लयाउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी एक्स५० प्रो ५जि र दोस्रो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथ भारतको शीर्ष ५जि स्मार्टफोन ब्रान्ड बनेको छ ।
रियलमीले १ ५ टि रणनितिद्धारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ५ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टिडब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ । रियलमीले ‘रियलमी टेकलाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।