विन नेपाल लघुवित्तको लाभांश संशोधन, बोनस र नगद कति ? « Arthapath.com
३ जेष्ठ २०७९, मंगलवार

विन नेपाल लघुवित्तको लाभांश संशोधन, बोनस र नगद कति ?



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । यस अघि चैत १३ गते बसेको संचालक समितिले ११ प्रतिशत बोनस र कर प्रयोजनार्थको लागि ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकोमा उक्त निर्णय संशोधन गरेको हो ।

बैंशाख २९ गते बसेको संचालक समितिको बैंठकबाट साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने कार्य पश्चात हाल कायम चुक्तापूँजीको ९.३३ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्