४ दिन पछि खुलेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन नेप्से ८४.९० अकंले घटेर २२६५.५२ अकंमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्से १८.६४ अकंले घटेर २३५०.४२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्से घटेर कारोबार समेत खुम्चिदा जाल्पा सामुदायिक लघुवित्तको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर मंगलबार ९ करोड ७९ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ६९ लाख ५१ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ५ करोड ५६ लाख ३४ हजार रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ५ करोड ५२ लाख ६५ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ५ करोड १९ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।
