५ कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

५ कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । ४ दिन पछि खुलेको शेयरमा बजार आज राताम्य भएको छ । साताको चौथो दिन नेप्से ८४.९० अकंले घटेर २२६५.५२ अकंमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से घटेर कारोबार समेत खुम्चिदा सामुदायिक लघुवित्तका शेयरधनीहरुले सर्वाधिक कमाएछन् । कम्पनीको शेयर ४.९६ प्रतिशतले बढेको हो । साथै, बोट्लस नेपालको २ प्रतिशत, एनआइबिएल समृद्धि फण्ड १.६६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको १.०४ प्रतिशत र एनएमबि ५० को ०.९३ प्रतिशत लगायत ८ कम्पनीले मात्र कमाएका छन् ।

त्यस्तै, आज ६ कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । मंगलबार यूनाइटेड इन्स्योरेन्स नेपाल, लुम्बिनी जनरल इन्स्योरेन्स, सूर्यादय ओमी लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, इर्मजिङ नेपाल र दिब्यशोरी हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्