एनआईसी एशिया लघुवित्तले ठूलो संख्यामा कर्मचारी माग, यसरि दिनुहोस् आवेदन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ४ पदका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले उप प्रदेश प्रमुखमा बरिष्ठ अधिकृत/अधिकृत, अनुगमन अधिकृतमा बरिष्ठ/अधिकृत अधिकृत, एसिसिए वा सेमी क्वालीफाइड सिएमा अधिकृत/सुपरभाईजर, निक्षेप सम्बन्ध प्रबन्धकमा अधिकृत/कनिष्ठ अधिकृत/सुपरभाईजर/सहायकमा कर्मचारी मागेको हो ।
जसका लागि शैक्षिक योग्यता लघुवित्तले विभिन्न विषय लिएर प्लस टु उत्र्तिण देखि स्नातक उत्तिर्ण गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव गरेको कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ १८ गते भत्र लघुवित्तको वेबसाइट http://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सकिनेछ ।
