यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । आज नेप्से ८.९० अकंले बढेर २२७४.४२ बिन्दमा बन्द भएको छ । साताको तेस्रो दिन नेप्से ८४.९० अकंले घटेर २२६५.५२ अकंमा बन्द भएको थियो ।

आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार नेप्से राताम्य हुदाँ कारोबार समेत खुम्चिएको छ । बुधबार आईपुग्दा नेप्से बढे पनि कारोबार भने खुम्चिएको छ । नेप्से बढे पनि कारोबार खुम्चिदा राधी विद्युत कम्पनीको शेयर बढेको छ । कम्पनीको शेयर आज ६.०२ प्रतिशले बढेको हो । साथै, सिनेग्री पावर डेभपमेन्टको ५.९१ प्रतिशत, बरुण हाइड्रोपावरको ५.७७ प्रतिशत, इमर्जिङ नेपालको ५.५७ प्रतिशत, नेशनल हाइड्रो पाव।को ५.५४ प्रतिशत र समालिङ पावरको ५.३१ प्रतिशतले बढेको हो ।

त्यस्तै आज सर्वाधिक गुमाउने कम्पनीमा सूर्यादय ओमी लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, पुडेन्सियल इनस्योरेन्सको ४.३९ प्रतिशत, सूर्या लाइफ इन्स्योरेन्सको ४.२८ प्रतिशत, र एशियन लाइफको ३.९८ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्