आईपीओ निष्काशनको अनुमति माग्दै २ कम्पनी बोर्डमा, कुन कम्पनीको कति ?
काठमाडौं । दुई फरक फरक कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् ।
भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १ सय रुपैयाँ अंकित दरले कुल १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्कासन गर्नका लागि चैत २ गते बोर्डमा आवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरले १ सय रुपैयाँ अंकित दरमा २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत वैशाख ८ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डबाट अनुमति पाएसँगै यी कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि २ चरणमा आईपीओ निष्कासन गर्नेछन् ।













