विन नेपाल लघुवित्तको शेयर फुकुवा, शुक्रबारदेखि कारोबारमा आउने

काठामाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) ले विन नेपाल लघुवित्त वित्तिय संस्थाको शेयर फुकुवा गरेको छ । लघुवित्तलाई बुक क्लोजको मिति तय गर्नु भन्दा ७ दिन अगाडि नेप्सेलाई जानकारी गराउने पर्ने नियम पालना नगरेको भन्दै शेयर कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको थियो ।
नेप्से पुनः बुक क्लोज मिति तोकेर कम्तिमा सात दिन अगाडी नप्सेलाई जानकारी गराउन अनुरोध गर्दै सेयर फुकुवा गरेको हो । लघुवित्तले बैशाख ३० गते नेप्सेलाई पठाएको सो सुचना भुलवस त्रुटी हुन गएको र अब बाट धितोपत्र सूचिकरणको नियम पालना गर्ने प्रतिबद्धता जनाए पछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।
नियम अनुसार बुक क्लोज मिति हुनु भन्दा ७ दिन अगाडी सो को जानकारी नेप्सेलाई दिनुपर्ने हुन्छ।
