नेप्से १५.८२ अकंले घट्दा कारोबार ९३ करोडमा खुम्चियो, १२ उपसूचकमा राताम्य

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेप्से १५.८२ अकंले घटेर २२३५.०९ बिन्दमा भन्द भएको छ । अघिल्लो कारोबारको दिने नेप्से परिसूचक २३.५१ अकंले घटेर २२५०.९१ बिन्द भएको थियो ।
आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच हुदाँ कारोबार भने ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँमा सिमित भएको छ । अघिल्लो कारोबारको दिन नेप्सेमा सूचिकृत २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँको कारोबार भएको थियो ।
शुक्रबार नेप्से घटेर कारोबार समेत खुम्चिदा १ उपसूचकमा हरियाली छाएको छ । आज म्युचुअल फण्ड समूहको ०.४६ प्रतिशतले शेयर मूल्य घटेको हो । त्यस्तै, आज बैंकिङ समूहको ०.४२ प्रतिशत, ब्यापार समूहको २.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२६ प्रतिशत, विकास बैंक समूहको ०.८५ प्रतिशत, हाइड्रोपावर समूहको ०.३८ प्रतिशत, फाइनान्स समूहको ०.९३ प्रतिशत, निर्जीवन बीमा समूहको १.४४ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.३९ प्रतिशत, अन्य समूहको २.०६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.३१ प्रतिशत, जीवन बीमा समूहको १.११ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.५८ प्रतिशतले शेयर मूल्य घटेको हो ।