डिप्रोक्स लघुवित्तको सस्थांपक शेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको २० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
लघुवित्तका संस्थापक शेयरधनी मनमोहन मास्केले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ ८ गते) ले ३५ दिन भित्र वित्तीय संस्थाको कर्पोरेट कार्यालय सितापाईला काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।