कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट, यी लगानीकर्ताले कमाए-गुमाए

काठमाडौं । मंगलबार नेप्से १६.३२ अकंले बढेर २२१७.१९ बिन्दुमा बन्द भएको छ । हिजो राताम्य भएको शेयर बजार आज भने सुधार आएको हो ।
आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आए पनि कारोबार १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँमा सिमित भएको छ ।
नेप्सेमा सुधार आउदा कारोबार १ अर्बमा सिमित हुदाँ लक्ष्मी लघुवित्तको शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर आज ५.९५ प्रतिशतले बढेको हो । साथै, अप्पर तामाकोशी हाइड्रोपावरको ५.५८ प्रतिशत, विजय लघुवित्तको ४.३८ प्रतिशत, हिमालयन उर्जा विकासको ४.३४ प्रतिशत र नारायनी डेभलपमेन्टको ४.०२ प्रतिशतले बढेको हो ।

त्यस्तै, मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, लुम्बिनी जनरल इन्स्योरेन्सको ५.३९ प्रतिशत, सूर्यादय ओमी लघुवित्तको ४.२५ प्रतिशत, जनरल इन्स्योरेन्सको २.६६ प्रतिशत र गुराँस लघुवित्तको २.३३ प्रतिशतले घटेको हो ।
