नेप्से १६.३२ अकंले बढ्दा कारोबार भने १ अर्ब ८ करोडमा खुम्चियो, ११ उपसूचक हरियाली

काठमाडौं । सातको तेस्रो दिन नेप्से १६.३२ अकंले बढेर २२१७.१९ बिन्दमा बन्द भएको छ । सोमबार भने नेप्से ३४.२१ अकंले घटेर २२००.८८ बिन्दमा बन्द भएको थियो ।
मंगलबार नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा सुधार आउदा ११ उपसूचकमा हरियाली छाएको छ । मंगलबार बैंकिङ समूहको ०.३९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९७ प्रतिशत, विकास बैंक समूहको १.४१ प्रतिशत, हाइड्रोपावर समूहको २.०६ प्रतिशत, फाइनान्स समूहको १.७६ प्रतिशत, निर्जीवन बीमा समूहको ०.२६ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.१५ प्रतिशत, अन्य समूहको ०.७१ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.५७ प्रतिशत, जीवन बीमा समूहको ०.७२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.४९ प्रतिशतले शेयर मुल्य बढेको हो । त्यस्तै, आज ब्यापार समूहको ०.१७ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२५ प्रतिशतले शेयर मूल्य घटेको हो ।