मेगां बैंक नेपालसहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको पाँचौ दिन नेप्सेमा सामान्य सुधार आएको छ । बिहिबार नेप्से परिसूचक ८.०३ प्रतिशतले बढेर २२३९.६० बिन्दुमा बन्द भएको छ । बुधबार नेप्से १४.३७ अकंले बढेर २२३१.५७ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको २३ लाख २४ हजार ६६५ कित्ता शेयर किनबेच हुदाँ ८८ करोड ९८ लाख ३४ हजार ९०८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको कारोबार भएको थियो ।
यो साता शेयर बजारका सुधार देखिए पनि कारोबार भने खुम्चिरहेको छ । नेप्सेमा आज सुधार आए पनि कारोबार ८८ करोड रुपैयाँमा सिमित भएको हो । बिहिबार मेगा बैंक नेपालको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५ करोड ४२ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अरुण काबेली पावरको ४ करोड ४ लाख २२ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ५७ लाख ४२ हजार रुपैयाँ, अप्पर तामाकोशी हाइड्रोपावरको २ करोड ८३ लाख २३ हजार रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्तको २ करोड २९ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो ।