उपकार लघुवित्तका लगानीकर्ता पहिलो दिन नै मालामाल ! कतिमा होला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सूचीकृत भएको छ । बिहीबार नेप्सेमा लघुवित्तको ६ लाख ५६ हजार २५० कित्ता शेयर सूचीकृत भएको हो ।
लुघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता शेयर र संस्थापक शेयरधनीहरुको लगानी रहेको ४ लाख २० हजार कित्ता गरी कूल ६ लाख ५६ हजार २५० कित्ता शेयर नेप्समा सूचीकृत भएको हो ।
नेप्सेले लघुवित्तको शेयर कारोबारका लागि दोस्रो बजारमा यूएलबिएसएल सिम्बोल प्रदान गरेको छ । साथै लघुवित्तको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ४०३.९१ रुपैयाँदेखि अधिकतम १ हजार २११.७३ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।
लघुवित्तको शेयर आज शुक्रबारदेखि कारोबार हुने नेप्सेले जनाएको छ । लघुवित्तको ओपनिङ्ग कारोबार अधिकतम मूल्यबाट हुने अनुमान गरिएको छ । यदि अधिकतम मूल्यकाट ओपनिङ्ग कारोबार भयो भने पहिलो दिन नै १० कित्ता शेयर पाउने लगानीकर्ताले १२ हजार रुपैयाँ भन्दा बढी कमाउने देखिन्छ । यदि न्यूनतम मूल्यबाट भयो भने पनि १० कित्ता पाउने लगानीकर्ताले ४ हजार रुपैयाँ भन्दा बढी कमाउने देखिन्छ । यसको लागि भने कारोबार रकमसम्म नै पर्खिनुपर्ने हुन्छ ।