१० श्रावण २०८३, आइतबार

जनता प्रसारण तथा प्रकाशन र ग्लोबल आइएमई क्यापीटलबीच “व्यापार–सूचीकरणको अवधारणा“ सेवा सम्बन्धी समझदारी



काठमाडौं । ग्लोबल आइएमई क्यापीटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तर्गत ब्यापार सूचीकरणको अवधारण सेवा शुरु गरेको छ । उक्त सेवा अन्तर्गत जनता प्रसारण तथा प्रकाशन लिमिटेडले आफ्नो ब्यवसायलाई बिस्तार गरी सर्वसाधारणको समेत सहभागि गराउने हितुेले कम्पनी र ग्लोबल आइएमई क्यापिटलबीच ब्यापार सूचीकरण अवधारण नामक सेवा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको हो ।

जेठ १२ गते भएको समझदारी ग्लोबल आइएमई क्यापिटलले ब्यावार सूचीकरण अवधारण सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि ब्यक्तिगत तथा संस्थागत ब्यवसायिक अवधारणलाई नेपाली ब्यवसायिक बातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रबद्र्धन तथा कारोबारको दायरा बिस्तारसँग सम्बन्धित कार्यहरु अगाडि बढाउने छ । साथै, नियमकिय ब्यवस्था अन्तर्गत प्रबन्धपत्र, नियमावल लगायत अन्य कागजातहरु तयार गर्ने तथा ब्यवसायिक लगानीकर्ता खोज्न सघाउ पुराउने कार्य गरिने छ ।

त्यस्तै, क्यापिटलले ब्यापार सूचीकरण अवधारण सेवा अन्तर्गत ब्यवसायिक अवधारणलाई बास्तविकतामा परिणत गर्न आवश्यक गर्ने संस्थागत परामर्श सेवा लगायतकका सम्पूर्ण कार्यहरुमा मर्चेण्ट बैंकरको रुपमा सघाउ पुराउन सहकार्य गरेको हो । क्यापिटलले उक्त जनता प्रसारण तथा प्रकाशन लिमिटेडलाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्काशन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउनेछ ।

ग्लोबल आइएमई क्यापिटलले ब्यापार सूचीकरण अवधारण सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि आईपीओ जारी गरी सूचीकरण सम्मको कायलाई एकीकृत रुपमा सम्पूर्ण सेवा उपलब्ध गराउने छ ।


प्रतिक्रिया दिनुहोस्