शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से १५.८२ अकंले घटेर २२२३.७८ बिन्दुमा बन्द भएको छ । केही दिनदेखि सुधार आएको नेप्से आज फेरी राताम्य भएको छ । बिहिबार नेप्से परिसूचक ८.०३ प्रतिशतले बढेर २२३९.६० बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५८९ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको २३ लाख २४ हजार ६६५ कित्ता शेयर किनबेच हुदाँ ८८ करोड ९८ लाख ३४ हजार ९०८ रुपैयाँको कारोबार भएको छ ।
नेप्से घटेसँगै कारोबारमा समेत सुधार आउन सकेको छैन । केही महिना पहिला ८ अर्ब भन्दा माथि कारोबार हुने शेयर बजारमा आज भोलि कारोबार भने १ अर्बमा सिमित भइरहेको छ ।
आज प्रभु बैंक प्रोमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १७ करोड ६० लाख ७५ हजार रुपैयाँ कारोबार भएको हो ।
त्यस्तै, मेगा बैंक नेपालको ९ करोड ८२ लाख ४० हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ६२ लाख ४७ हजार रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ८२ लाख २५ हजार रुपैयाँ र नबिल बैंकको ३ करोड ५७ लाख ३९ हजार रुपैयाँको कारोबार भएको हो ।
