घरघरमा कृषि कर्जा पुराउन लघुवित्त कोष स्थापना गरिने

काठमाडौं । आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश गर्दै मन्त्री शर्माले घरघरमा कृषि कर्जा पुर्याउन लघुवित्त कोष बनाइने बताएका छन् । ५ अर्ब रुपैयाँ बराबरको कोष स्थापना गर्ने भएको हो ।
उनले कृषि क्षेत्रको रुपान्तरण गरी रोजगारी सिर्जना गर्ने, आयात निरुत्साहित गर्ने विषय बजेटको प्राथमिकतामा राखिएको बताए । गरिबी घटाउने, आत्मनिर्भर बनाउने यस्तो अभियान अघि बढाइने बताएका हुन ।