नेप्सेमा एक कम्पनीको ११ प्रतिशत बोनस शेयर समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ११ प्रतिशत बोनस शेयर वितरणका लागि बुक क्लोज गरेसँगै आज (जेठ १६ गते) नेप्सेले शेयरमुल्य समायोजन गरेको हो ।
सोमबार शेयरबजार बन्द हुनुभन्दा अघि कायम ५९० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमुल्य ५३१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले ७३औं वार्षिक साधारण सभा जेठ ३० गतेको नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने बोलाएको छ ।
