वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नयाँ शाखा बिस्तार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नयाँ शाखा बिस्तार



काठमाडौं । मेगा बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनगर गर्दै शाखा बिस्तारमा जोड दिदै आइरहेको छ । बैंकले सोमबार वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरेका हुन । यसअघि आदर्शनगरमै रहेको शाखा रुंगटा मलमा स्थानान्तरण गरिएको हो ।

मेगा बैंकका अध्यक्ष शाहले मेगा बैंकले अत्याधुनिक बैंकिङ सेवाका साथै छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रवाह गरिरहेको बताए । औद्योगिक नगरी वीरगञ्जलाई मेगा बैंकले सँधै प्राथमिकता दिएको बताउँदै अध्यक्ष शाहले युवा उद्यमी, निर्यातमुखी कृषि तथा निर्यातमुखी व्यवसायलाई मेगा बैंकले प्राथमिकता र प्रोत्साहन गरिरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्