मेरोमाइक्रोफाइनान्स र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सौर्य पम्प र सिचाई परियोजना निर्माणमा सहकार्य

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लि. तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच सौर्य पम्प सिंचाइ परियोजनाहरु निर्माण सम्बन्धमा सम्झौता भएको छ ।
सोमबार भएको उक्त सम्झौता पत्रमा मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल तथा नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुबैतर्फका अन्य पदाधिकारी एबम् कर्मचारीहरुको उपस्थिति रहेका थियो ।
मधेस प्रदेशका ८ जिल्लाका कृषकहरु लाभान्वित हुने सोलार पम्प परियोजना कार्यान्वयनको लागि winrock इन्टरनेशनल नेपालको प्राबिधिक सहयोग रहनेछ । उक्त परियोजनामार्फत ब्यवसायिक कृषकहरुको बित्तीय पहुँच तथा लघु उद्यमशिलता र क्षमताको बिकास हुनुको साथै कृषि उत्पादकत्वमा समेत वृद्धि हुने बिश्वास संस्थाले लिएको छ ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले मुलुकभर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ६४ जिल्लामा १५ अनुगमन कार्यालय तथा १५० शाखा कार्यालयमार्फत १ लाख ८० हजार भन्दा बढी घरपरिवारलाइ लघुबित्तीय सेवा प्रवाह गरिरहेको छ ।