मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको तेस्रो दिन पनि नेप्से फेरी राताम्य भएको छ । मंगलबार नेप्से परिसूचक ३५.५३ अकंले घटेर २१३७.९२ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा भारी गिरावट आउदाँ कारोबार भने १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ रुपैयाँमा सिमित भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीमा उपकार लघुवित्त रहेको छ । कम्पनीको शेयर आज ८.२३ प्रतिशतले बढेको हो । साथै, एनएमबि ५० को ४.१० प्रतिशत, समलिङ्ग पावरको ४.०२ प्रतिशत र एनआईसि एशिया ग्रोथ फण्डको ३.७३ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको हो । साथै, एनएलजि इन्स्योरेन्सको ६.५० प्रतिशत, कर्पोरेट डेभलपमेन्टको ५.७५ प्रतिशत, मल्टी प्रपोज फाइनान्सको ५.३८ प्रतिशत र प्रभु इन्स्योरेन्सको ५.२८ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्