स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर, यसरि दिनुहोस् आवेदन « Arthapath.com
२२ जेष्ठ २०७९, आईतवार

स्वाभिमान लघुवित्तमा रोजगारीको अवसर, यसरि दिनुहोस् आवेदन



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले ४ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ अधिकृत र सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणतह उत्तिर्ण तथा स्नातक तह उत्तिर्ण सम्म माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ६ गते कार्यालय समय भित्र लघुवित्तका इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्