समता घरेलु लघुवित्तको २० प्रतिशत बोनस शेयर हितग्राही खातामा « Arthapath.com
२४ जेष्ठ २०७९, मंगलवार

समता घरेलु लघुवित्तको २० प्रतिशत बोनस शेयर हितग्राही खातामा



काठमडाौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको साधारण सभाले पारित गरेको शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।

लघुवित्तको गत पुस ७ गते सम्पन्न आठौं साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको थियो । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वैशाख १९ गते सूचीकृत भइसकेको छ । कम्पनीको ५ लाख ७१ हजार २४० दशमलव ३२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत मंसिर २३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको कम्पनीले जनाएको छ । साथै, सो मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्