४-१२ को नीति पुनरावलोकन गर्नुपर्छ, ४ महिनाभित्र वैदेशिक रोजगारलाई आईपीओको आरक्षणः अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले शेयर धितो कर्जामा लगाईएको सिमा हटाउनु पर्ने बताएका छन् । बुधबार धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष हामलले शेयर धितोकर्जामा लगाईएको ४–१२ को नीति हटाउनु पर्ने अहिलेका आवश्यकता रहेको बताएका हुन् ।
अध्यक्ष हमालका अनुसार शेयर धितोकर्जामा लगाईएको ४–१२ को क्याप पुनरावलोकन हुनु अति आवश्यक छ । मार्जिन प्रकृतिको शेयर धितोकर्जामा लगाईको सिमाका कारण शेयर बजार निरन्तर घटिरहेको उनको भनाई छ । साथै उक्त नीतिलाई पुनरावलोकन गर्नुपर्ने उनले बताए ।
मर्जरमा जाने कम्पनीहरुको कारोबार रोकिने प्रावधानको बारेमा पनि राष्ट्र बैंक र बोर्डबीच छलफल भईरहेको र छिट्टै उक्त व्यवस्थाको अन्त्य हुने उनले बताए । अध्यक्ष हमालले ४ महिनाभित्र एसएमी सिस्टम वैदेशिक रोजगारीमा रहेको श्रमिकहरुलाई प्राथमिक साधारण शेयर (आईपीओ) आरक्षणको व्यवस्था गर्ने बताए ।