डिप्रोक्स लघुवित्तले एउटै पदका लागि ५० जना कर्मचारी माग्यो, यसरी दिन सकिन्छ आवेदन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

डिप्रोक्स लघुवित्तले एउटै पदका लागि ५० जना कर्मचारी माग्यो, यसरी दिन सकिन्छ आवेदन



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ । लघुवित्तले कनिष्ठ कार्यक्रम सहायक पदका लागि ५० जना कर्मचारी मागेको हो । सहायक श्रेणीका लागि ५० जना कर्मचारी आवश्यक रहेको लघुवित्तले जनाएको छ ।

मान्यता प्राप्त शिक्षक संस्था तथा बोर्डबाट न्यूनतम एसएससी अर्थात् एसईई वा सो सरहको परिक्षा उतीर्ण गरेको हुनुपर्नेछ । नेपाल बाहिरको शैक्षिक संस्थाबाट प्रमाणपत्र भए पेश गर्न आग्रह लघुवित्तले गरेको छ ।

लिखित र मौखिक दुवै किसिमका परिक्षा हुने छ भने लिखित परिक्षामा सामेल हुँदा ३ सय रुपैयाँ परिक्षा दस्तुर बुझाउनुपर्नेछ ।

इच्छुक रहेका आवेदनकले आजदेखि १५ दिनभित्र अर्थात् असार ८ गतेभित्र निवेदन पेश गर्नुपर्नेछ ।

दरखास्त फारम लघुवित्तको वेवसाइटमा गएर डाउनलोड गर्न सकिन्छ । निवेदन दिन भने लघुवित्तको कर्पाेरेट कार्यालय सितापइला काठमाडौं वा इमेल [email protected] मा पेश गर्न सकिनेछ ।

फारामा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोलाः http://www.ddbank.org.np/downloads/NoticeFromHR/vacancyApplicationForm.pdf


प्रतिक्रिया दिनुहोस्